Showing posts with label poem. Show all posts
Showing posts with label poem. Show all posts

Jan 26, 2015

तिमीलाई देख्दा

कती राम्रा आँखा तिम्रा म्रिगनयन जस्ता
त्यसमै नाच्ने रहर जाग्छ एकान्तमा बस्दा
मन मेरो फुङ उड्छ तिमीलाई देख्दा
मन्द मुस्कान आईहाल्छ नजर हाम्रो जुध्दा ।
खुशीले मन रम्ने गर्छ तिमी साथमा हुँदा
सारा होश हराइ दिन्छ कोमल हातले छुदा
यौवन मेरो रसाइ दिन्छ तिम्रो आवाज सुन्दा
तिम्रै तस्बिर सामु आउछ हरेक पाईला चाल्दा ।
जिन्दगि भर तस्बीरमा कति बस्छौ?
सपनाका सहरमा कति नाच्छौ ?
आफ्ना आँखा खोलेर रमाउन सक्छौ
मौन रहि आँशु झार्दै कति हस्छौ ?

- Rupendra Maharjan

Jan 20, 2015

माया मेरो झुटो होईन

माया मेरो झुटो होईन, मेरो खल्ती हेर्न सक्छौ
तस्बिर तिम्रो बोकी हिड्छु, मेरो गल्ती हुँदै होईन

थोरै टाढा भएकोथे, तिमीले अर्कै रोजी हाल्यौ
आँखा मेरो रसाएका, रोएको चाँही हुँदै होईन

वाचा मैले निभाकै छु, मेरो मनलाई हेर्न सक्छौ
सारा जीवन तिम्रै लागि, कसैलाई हुँदै होईन

बिन्ती मेरो तिमीलाई, फर्की एक हेरी देउ
तिम्रो सिउदो रगांउन, रोकेको चाँही हुँदै होईन

- Rupendra Maharjan

तिम्रो हासों अनि साथ

हासी मात्र देउ तिमी हासो सँगइ बिलाइदिन्छु
मुस्कानका सम्झनामा पुरै जीवन बिताइदिन्छु,

साथ मात्रा दिन्छु भन्नु सारा संसार भुलाइदिन्छु
दुनियाँलाई भुलाएर आँफै भित्र रमाइदिन्छु

- रुपेन्द्र महर्जन

आज मलाई केही कुरा भुलाउनुछ

आज मलाई केही कुरा भुलाउनुछ
गहभरी आँसु राख्दै रमाउनुछ
बिराएको गन्तब्यलाई फेरी नजर दिदै
आफ्नै हातले आँफैलाई डोर्‍याउनुछ

याद आउने क्षण सबै हटाउनुछ
नयाँ नयाँ कोपिलालाई चुडाउनुछ
सुन्दर ती भविष्यलाई कोर्नै पनि नदिई
आफ्नो भाग्य आफ्नै हातले मेटाउनुछ

- Rupendra Maharjan

मेरो सम्झना

मेरो सम्झनामा तिमी कतै हराइ पो दियौ कि,

मेरो मायामा भुलेर कतै पागल बनि घुम्यौ कि,

मेरो साथ पाउन तिमीले कतै सपना बुनि बस्यौ कि,

मेरो आखामा रमाउन कतै कतै संसार भुली बस्यौ कि  |

- Rupendra Maharjan

सम्झनाका कोसेली

सम्झनाका कोसेलीमा तिम्रो मुहार खोज्दाखोज्दै
रित्तिएका आँखाबाट अश्रुधारा झार्दै बसे,

अतीतका ती पललाई सम्झी तिमी आउने आसैआसमा
जितेका ती सारा संसार तिम्रै लागि हार्दै बसे,

पिल्सिएका मनलाई ठाम्न यताउती भौतारिदै
बहाना नै अनेक बनाइ दु:खलाई टार्दै बसे,

पीडित जीवन थकित मुस्कान भारी जीवन बिसाउन
नशाका ती प्यालासंगै मृत्‍युराज पुकार्दै बसे |

-Rupendra Maharjan