Jan 26, 2015

तिमीलाई देख्दा

कती राम्रा आँखा तिम्रा म्रिगनयन जस्ता
त्यसमै नाच्ने रहर जाग्छ एकान्तमा बस्दा
मन मेरो फुङ उड्छ तिमीलाई देख्दा
मन्द मुस्कान आईहाल्छ नजर हाम्रो जुध्दा ।
खुशीले मन रम्ने गर्छ तिमी साथमा हुँदा
सारा होश हराइ दिन्छ कोमल हातले छुदा
यौवन मेरो रसाइ दिन्छ तिम्रो आवाज सुन्दा
तिम्रै तस्बिर सामु आउछ हरेक पाईला चाल्दा ।

No comments:

Post a Comment