Jan 20, 2015

सम्झनाका कोसेली

सम्झनाका कोसेलीमा तिम्रो मुहार खोज्दाखोज्दै
रित्तिएका आँखाबाट अश्रुधारा झार्दै बसे,

अतीतका ती पललाई सम्झी तिमी आउने आसैआसमा
जितेका ती सारा संसार तिम्रै लागि हार्दै बसे,

पिल्सिएका मनलाई ठाम्न यताउती भौतारिदै
बहाना नै अनेक बनाइ दु:खलाई टार्दै बसे,

पीडित जीवन थकित मुस्कान भारी जीवन बिसाउन
नशाका ती प्यालासंगै मृत्‍युराज पुकार्दै बसे |

-Rupendra Maharjan 

No comments:

Post a Comment