Jan 20, 2015

आज मलाई केही कुरा भुलाउनुछ

आज मलाई केही कुरा भुलाउनुछ
गहभरी आँसु राख्दै रमाउनुछ
बिराएको गन्तब्यलाई फेरी नजर दिदै
आफ्नै हातले आँफैलाई डोर्‍याउनुछ

याद आउने क्षण सबै हटाउनुछ
नयाँ नयाँ कोपिलालाई चुडाउनुछ
सुन्दर ती भविष्यलाई कोर्नै पनि नदिई
आफ्नो भाग्य आफ्नै हातले मेटाउनुछ

- Rupendra Maharjan

No comments:

Post a Comment