Jan 20, 2015

माया मेरो झुटो होईन

माया मेरो झुटो होईन, मेरो खल्ती हेर्न सक्छौ
तस्बिर तिम्रो बोकी हिड्छु, मेरो गल्ती हुँदै होईन

थोरै टाढा भएकोथे, तिमीले अर्कै रोजी हाल्यौ
आँखा मेरो रसाएका, रोएको चाँही हुँदै होईन

वाचा मैले निभाकै छु, मेरो मनलाई हेर्न सक्छौ
सारा जीवन तिम्रै लागि, कसैलाई हुँदै होईन

बिन्ती मेरो तिमीलाई, फर्की एक हेरी देउ
तिम्रो सिउदो रगांउन, रोकेको चाँही हुँदै होईन

- Rupendra Maharjan

No comments:

Post a Comment